• आइतबार, साउन ३१ २०८३

प्रतिनिधिसभा विघटनविरुद्ध आ–आफ्नो ठाउँबाट प्रतिरोधमा लागौं : अध्यक्ष बराम


मंगलबार, माघ ६ २०७७
705
Shares


काठमाडौं । नेपाली आदिवासी जनजाति महासंघले प्रतिनिधि सभा विघटनको विरोधमा आ—आफ्नो ठाउँबाट प्रतिरोध गर्न आव्हान गरेको छ ।

महासंघका अध्यक्ष जगत बरामले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा विघटनको विरोधमा आ—आफ्नो ठाउँबाट प्रतिरोध गर्न आग्रह गरेका हुन् । संविधान आफैमा प्रतिगामी भएको दाबी गर्दै महासंघले ओलीको कदमले थप प्रतिगमन भएको दाबी गरेको छ ।

‘संघर्ष बिना अधिकार प्राप्ति हुन नसक्ने पुनःस्पष्ट पार्दै प्रतिगामी संविधानमाथि भएको थप प्रतिगमनकारी कदमको विरूद्ध प्रतिरोधका लागि आ–आफ्नो ठाउँबाट पहल गर्न गराउन समेत सबैमा आग्रह गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

नागरिक हक र अधिकार प्रतिरक्षाका लागि सबै आदिवासी जनजाति, मधेशी, महिला, दलित, मुस्लिम, अपाङ्ग, यौनिक तथा लैंगिक अल्पसंख्यकलगायत नागरिक, नागरिक समाज, राजनीतिक दल, मानवअधिकारकर्मी, बुद्धिजीवी, प्राध्यापक, शिक्षक, कलाकर्मी, पेशाकर्मी, लेखक, पत्रकार, साहित्यकार, रंगकर्मी, युवा, विद्यार्थी, मजुदर, उद्योग व्यवसायी, अभियन्ताहरू एवम् सम्पूर्ण सचेत नागरिकहरूमा सजग र संघर्षरत रहन अध्यक्ष बरामले अपील गरेका छन् ।

अहिलेको अवस्था आउनुमा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार, सत्तारुढ दल, प्रतिपक्ष र अन्य यथास्थितीवादी, प्रतिगामी राजनीतिक दलहरू तथा देशी–विदेशी शक्ति समेत जिम्मेवार भएको महासंघको ठहर छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार