• शनिबार, असोज १० २०८३

बाबुराम भट्टराईको प्रस्ताव : संघीय राजधानी काठमाडौँ बाहिर सारौँ


मंगलबार, माघ ६ २०७७
845
Shares


काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संघीय राजधानी काठमाडौँ बाहिर सार्न प्रस्ताव गरेका छन्।

पूर्व प्रधानमन्त्री डा. भट्टराईले मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत संघीय राजधानीलाई उपत्यका बाहिर सार्न प्रस्ताव गरेका हुन्।

डा. भट्टराईले ट्विट लेख्दै विकास र संरक्षणबीचको अन्तरसम्बन्ध कायम गर्न नसक्दा र भूमाफियालाई छाडा छाड्दा केही दशकमै काठमाडौँ उपत्यका कंक्रिटको जंगल बनेर बस्नै अयोग्य हुने चिन्ता व्यक्त गरेका छन्। यसको अन्त्यका लागि तुरुन्त राष्ट्रिय भू–उपयोग नीति लागू गर्नसमेत डा. भट्टराईले माग गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार