काठमाडौं । नेकपाका प्रचण्ड—नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओली त्यही प्रतिनिधि सभाबाट चुनिएको प्रधानमन्त्री पदमा बस्न नमिल्ने श्रेष्ठको तर्क छ।
उनले यो कुरा शनिबार दाङ जिल्ला कमिटीले गरेको कार्यक्रममा बोल्दै ओली प्रधानमन्त्री भइरहन नमिल्ने बताएका हुन्।
आफैँले प्रतिनिधि सभा विघटन गर्ने अनि प्रतिनिधि सभा नभएको अवस्थामा उहाँ प्रधानमन्त्री भइरहन मिल्छ श्रेष्ठले प्रशन गरेका छन् । ‘जे गरे पनि हुन्छ ? पेल्ने ?,’ उनले भने, ‘जवरजस्ती गर्ने’ ?
उनले ओली सरकार कामचलाउ भएको पनि बताएका छन्।
‘न राष्ट्रपतिले काम चलाउ भन्नु छ। न आफूले प्रधानमन्त्रीबाट राजीनामा दिनु छ,’ ओलीप्रति लक्षित गर्दै श्रेष्ठले भने।
आफू प्रधानमन्त्री नहुने अवस्थामा ओलीले लोकतन्त्र र संविधान नचाहिनेजस्तो गरेको उनले बताएका छन्।
ओलीले पार्टी एकता पनि प्रधानमन्त्रीको पदका लागि गरेको श्रेष्ठको आरोप छ।