• सोमबार, साउन ११ २०८३

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु


आइतबार, माघ ४ २०७७
860
Shares


काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमाथि संवैधानिक इजलासमा आज पुनः सुनुवाइ सुरु भएको छ ।

आज रिट निवेदकहरुले सुरुमा बहस गर्दैछन् । रिट निवेदक सबैले बहस गर्न पाउनुपर्ने माग गरेपछि उनीहरुलाई बोल्न समय दिइएको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सबैले बहस गर्न त पाउने तर गम्भीर विषयमा कसरी समय तोकिदिने भन्दै विचार गरेर बोलिदिन आग्रह गरे।

यसअघि बृहत् पूर्ण इजलासमा रिटहरुको सुनुवाइ गर्ने कि संवैधानिक इजलासमा भन्नेमा विवाद थियो । तर सर्वोच्च अदालतले संवैधानिक इजलासमै सुनुवाइ गर्ने निर्णय गरेको छ। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीशहरु विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी आउँदो बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध एक दर्जन बढी रिट सर्वोच्च अदालतमा दायर भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार