• सोमबार, साउन ११ २०८३

सडक ट्रयाक खोलिदिन माग गर्दै मन्त्रीलाई ज्ञापन पत्र


आइतबार, माघ ४ २०७७
975
Shares

गोरखा । गोरखाको धार्चे गाउँपालिकाले सडक ट्रयाक खोलिदिन माग गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा बिकासमन्त्री रामशरण बस्नेतलाई ज्ञापन पत्र बुझाएका छन् ।

सडकको पहुँच नपुगेका बस्तीहरुमा सडक ट्रयाक खोल्न माग गर्दै गाउँपालिकाको तर्फबाट ज्ञापन पत्र बुझाएको पालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

आरुघाट गाउँपालिका र धार्चे गाउँपालिकाको भिरकुना जोड्ने सडकको नयाँ ट्रयाक खोल्नुपर्ने, माछाखोलाको बिकास हाईड्रोदेखि लाप्राकको पुरानो गाउँसम्म सडक खोल्न बजेट बिनियोजन गरिदिन माग गरिएको अध्यक्ष गुरुङले बताए ।

सिङ्ला हुँदै थमन भिसी पार्कसम्म गोरेटो बाटो निर्माण गरिदिन पनि गाउँपालिकाले अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार