गोरखा । संसद बिघटनको बिरुद्धमा नेपाली काँग्रेसले सिरानचोक र पालुङटारमा पनि बिरोध सभा गरेका छन । सिरानचोक गाउँपालिका वडा नम्बर ५ को चित्रे पोखरीमा आयोजित कार्यक्रममा जिल्ला सभापती हरिबहादुर घलेले केपी शर्मा ओलीको कुर्ची मोहले देश बर्बाद भएको बताए ।
जनताको सर्वोच्च थलो संसद बिघटन गरेर वर्तमान सरकारले गतल गरेको उनको भनाई छ । सिरानचोक गाउँपालिका वडा नम्बर ३ का सभापती बिरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य एवं मुस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दुल सतार, महासमिति सदस्य मनकुमारी गुरुङ, नेपाली काँग्रेसका जिल्ला सदस्य सिपी पोखरेल, क्षेत्रिय सभापती गोबिन्द्र गुरुङ, राजनितिक परामर्श समितिका सदस्य राजु थापा, महिला संघकी जिल्ला उपाध्यक्ष रिता देवकोटा, शिक्षक संघका जिल्ला अध्यक्ष सदस्य लुमनाथ लामिछाने, सिरानचोक गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष नारायणबाबु दानी, सिरानचोक गाउँपालिका अन्र्तगत ८ वटै वडाका वडा सभापतीहरुले समेत मन्तव्य राखेका थिए ।
यसैगरी नेपाली काँगेस पालुङटारले पनि बिरोध प्रर्दशन गरेको छ । वडा नम्बर ६ मा आयोजित बिरोध सभामा बोल्दै काँग्रेस केन्द्रिय सदस्य कमला पन्तले कम्युनिष्टहरुले देश बबार्द पारेको आरोप लगाइन । २०६२/६३ को जनआन्दोलनपछि अधिकाशं समय कम्युनिष्टहरु सत्तामा रहेका तर जनताको पक्षमा भने केही काम नगरेको दाबी गरिन् ।
संसद विघटन संबिधान विपरित रहेको भन्दै पूर्व मन्त्री समेत रहेकी पन्तले सर्वोच्व अदालतनले फैसलाका आधारमा काँग्रेस थप रणीनिति तय गर्ने बताइन् । नगर सभापती दिपकबाबु कंडेलको अध्यक्षता तथा केन्द्रिय सदस्य पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, गण्डकी प्रदेश सदस्य प्रकासचन्द्र दवाडी, नेपाली काँग्रेसका जिल्ला प्रवक्ता रामप्रसाद भण्डारी, क्षेत्र २ को प्रदेश सभा ‘क’ सभापती नारायण गुरुङ, महिला संघकी पूर्व केन्द्रिय सदस्य रबिकला खनाल, जिल्ला सदस्यहरु भेषराज पाण्डे, बलराम खड्का, नगरसचिव बिमल ढकाल, सांस्कृतिक संघका जिल्ला अध्यक्ष अम्मर धिताल, महिला बिभाग पालुङटारकी सयोजक चेतकुमारी श्रेष्ठ।
नेबिसका पालुङटार संयोजक अनिल थपलिया, तरुणदलका संयोजक पदम भट्टराई, वडा ६ का सभापती पुननारायण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । नेपाली काँग्रेसले देशभर स्थानीय तहमा बिरोध प्रर्दशन गर्ने बताएपनि गोरखाका तीन स्थानीय तहमा मात्र कार्यक्रम भएको छ । केही दिन यता अधिकाशं स्थानीय तहमा ठूला बिरोध कार्यक्रम भएकाले त्यहाँ शनिवार कार्यक्रम नगरिएको नेपाली काँग्रेस गोरखाले जनाएको छ ।