मोहसिन अलि मियाँ
गोरखा । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अबको प्रधानमन्त्री शेरबहादुर देउवा हुने दावी गरेका छन ।
गृहजिल्ला गोरखामा पत्रकार सम्मेलन गर्दै डाक्टर भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सहित प्रचण्ड र माधव नेपाल समेत रिङआउट हुने भएकाले नेपाली काँग्रेसको हातमा सत्ता जान सक्ने अवस्था बनेको बताएका हुन ।
संसद विघटन गरेर ओलीले अपराध गरेको भन्दै डाक्टर भट्टराईले अदालतको फैसलाले ओली रिङ आउट हुने र उनि जस्तो भष्मसुरलाई हुर्काउने प्रचण्ड–माधव समेत प्रधानमन्त्री पदको लाकय नभएकाले शेरबहादुर देउवाको विकल्प नरहेको बताएका छन ।
साथै उनले नेकपा फुटेपछि आफ्नो पार्टी जसपा चौथो दलमा पुग्ने भएकाले चौथो दलले प्रधानमन्त्रीको दावी गर्न नमिल्ने समेत बताए ।
प्रधानमन्त्री ओलीको पछिल्लो गतिविधीले उनि राष्ट्रवादी नभई राष्ट्रघाती प्रमाणित भएको समेत दावी गरेका छन । संविधान निर्माणका क्रममा ओलीले भ्रम छर्दै राष्ट्रवादीको विल्ला भिर्न खोजेको आरोप लगाउदै उनले असली रुप अहिले देखिएको बताएका छन ।
संसद विघटनको बिषयमा अदालतले सुजबुझका साथ फैसला गर्नेमा आफुहरु ढुक्क रहेको डाक्टर भट्टराईले बताए । ओलीले कुनै हालतमा निर्वाचन नराउने ठोकुवा गर्दै उनले संसद पुर्नस्थापनाको विकल्प नरहेको बताएका छन् ।
पत्रकार सम्मेलनअघि उनले आफ्नो निर्वाचन क्षेत्र र समग्र गोरखामा सञ्चालन भइरहेको विकास निर्माणका बारे जिल्ला प्रशासन कार्यालय गोरखामा विकासे अड्डाका प्रमुखहरु, ठेकेदार लगायत सरोकारवालाहरुसंग छलफल गरेका थिए ।
यसअघिको ३ महिनाअघि समेत उनले विकासनिर्माणका बारे चासो राख्दै बिभिन्न पक्षसंग जानकारी लिएका थिए ।