• सोमबार, साउन ११ २०८३

संसद् विघटन अवैधानिक भएको ओलीले स्वीकारिसके, डटेर सामना गरौं : कांग्रेस नेता पौडेल


शुक्रबार, माघ २ २०७७
605
Shares


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन अवैधानिक भएको स्वीकार गरेको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै पौडेलले ओली आफैले अवैधानिक कदम चालेको कबुल गरेकाले विरोध प्रदर्शनमा उत्रन आह्वान गरे ।

प्रधानमन्त्री ओलीले यो विधानको कुरा होइन राजनीतिक निर्णय हो भनेको हुनाले वैधानिक काम छैन भन्ने कुरा आफैंले स्वीकार गरेको भिडिओ सन्देशमा पौडेलले भनेका छन्।

सर्वोच्च अदालतसम्म जनताको आवाज पुर्याउन डटेर प्रदर्शनमा उत्रन पौडेलले आह्वान गरे । देशलाई राजनीतिक अस्थिरताको भुमरीमा फसाउने र मुलुकलाई संकटतिर धकेल्ने यो प्रपञ्च भएको हुनाले सारा जनताले डटेर विरोध गर्न सक्यौं भने यो आवाज सर्वोच्च अदालतसम्म पुग्ने पौडेलको भनाइ छ ।

संसद् विघटनको निर्णय नसच्याएमा अनर्थ हुने पौडेलले बताए । संसद् विघटन गर्ने असंवैधानिक कार्यले देशलाई अन्धकारतिर लैजाने उनले बताए । ओलीको कदमले संविधानमाथि ठूलो क्षति पुगेकाले पनि विरोध प्रदर्शनमा उत्रनुपर्ने पौडेलको भनाइ छ ।

भोलि (शनिबार) कांग्रेसले ७५३ वटै स्थानीय तहमा विरोधसभा राखेको छ भने माघ ८ मा सबै वडामा विरोध प्रदर्शन छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि शनिबारको विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन सबैलाई अपील गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार