• आइतबार, साउन ३१ २०८३

प्रतिनिधिसभा विघटनविरुद्ध आज पनि संंवैधानिक इजलासमा सुनुवाइ हुँदै


शुक्रबार, माघ २ २०७७
945
Shares


काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथि आज (शुक्रबार) पनि संंवैधानिक इजलासमा सुनुवाइ हुँदै छ।

यसअघि बुधबार भएको सुनुवाइ पुनः शुक्रबार गर्ने गरी ‘हेर्दाहेर्दै’मा राखिएको थियो।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको संंवैधानिक इजलासमा जारी सुनुवाइले आज पनि निरन्तरता पाउने भएको हो।

संविधान विघटन मुद्दाको सुनुवाइ संंवैधानिक इजलासमा गर्ने कि बृहत् पूर्ण इजलासमा भन्नेमै बहस अल्झिएको छ। आज पनि यही विषयमा बहस हुनेछ।

रिट निवेदक १३ मध्ये ११ जनाले यो मुद्दाको सुनुवाइ बृहत् पूर्ण इजलासमा हुनुपर्ने माग गर्दै पूरक निवेदन दिएका छन्।

तर सरकारका तर्फबाट महान्यायाधिवक्ताले संविधानको व्याख्या गर्नुपर्ने भएकाले यसको सुनुवाइ संंवैधानिक इजलासमै गर्नुपर्ने तर्क गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार