काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको स्थायी समिति बैठक चलिरहेको छ।
स्थायी समिति सदस्य सत्यनारायण मण्डलले बैठक बालुवाटारमा बसिरहेको जानकारी दिए। उनले आफू भने बैठकमा नरहेको बताए।
उनले आफूलाई बैठकको खबर मात्रै आएको र एजेन्डाबारे केही नखुलाइएको जानकारी दिए।
नेकपा विभाजनपछि ओली समूहको स्थायी समिति बैठक पहिलोपटक बसेको हो।
त्यस्तै प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक तीन बजे पेरिसडाँडामा बस्दै छ।