गोरखा । मौसम खराबीका कारण गोरखामा आकस्मिक अवतरण भएको कांग्रेस सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर उडेको छ ।
पालुङटार नगरपालिका २ आँपिपलमा आकस्मिक अवतरण भएको हेलिकप्टरले केहीबेर अघि उडेको कांग्रेस गोरखाका सभापति हरिबहादुर घलेले जानकारी दिए। देउवा सवार कैलाश एयरको हेलिकप्टर आँपिपलबाट पोखराका लागि उँडेको छ ।
मौसम अनुकुल भएमा पोखराबाट पर्वत जाने कार्यक्रम छ । पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा आयोजित कार्यक्रममा सहभागि हुन देउवा हेलिकप्टरमार्फत जाँदै थिए ।
सहीद हरिदत्त स्मत्ति दिवसमा सहभागि हुन देउवा सहितका पाँचनेता हेलिकप्टरबाट पर्वत जाँदै थिए ।