• सोमबार, साउन ११ २०८३

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान


बिहिबार, माघ १ २०७७
685
Shares


काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणामा मन्त्री ज्ञवाली बिहीबार भारत प्रस्थान गरेका हुन् ।

मन्त्री ज्ञवालीको भ्रमण टोलीमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव लगायतका अधिकारी रहेका छन् ।

मन्त्री ज्ञवाली भारतमा तीन दिनसम्म चल्ने नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुने जनाइएको छ ।

मन्त्री ज्ञवालीले भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

आयोगको बैठकमा भने नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

मन्त्री ज्ञवाली ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार