काठमाडौं । पर्वत जान लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ ।
मौसम खराबीका कारण गोरखाको पालुङटार नगरपालिका वडा नं. २ को आँपपिपलमा केही बेर अघि हेलिकप्टर आकस्मिक अवतरण गरेको हो । देउवा काठमाडौंबाट पर्वत जाँदै थिए ।
कैलाश एयरको हेलिकप्टरमा देउवासहित पाँच जना सवार रहेको गोरखाका एसपी सुरेन्द्र गुरुङले बताए ।