• सोमबार, साउन ११ २०८३

प्रचण्ड— नेपाल भन्छन् : सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार


बिहिबार, माघ १ २०७७
580
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको बताएका छन् ।

माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा आज संयुक्त शुभकामना सन्देश जारी गर्दै नेपाली जनताको आपसी एकताबाट पैदा भएको परिवर्तनकामी सोचका कारण नेपालमा सामाजिक र राजनीतिक परिवर्तन सम्भव भएको प्रचण्ड— नेपालको भनाइ छ। तर, नेपाली जनताको बलिदानी पूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको आरोप लगाएका छन् ।

उनीहरुले माघे संक्रान्तिको अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट भएर अगाडि बढ्न आदिवासी जनजातिलगायत सम्पूर्ण जनसमुदायमा अपीलसमेत गरेका छन् ।

उनीहरुले थारु, मगर, छन्त्याल लगायतका समुदायहरुले आफ्नो मौलिकता अनुसार मनाउने माघी, माघेसंक्रान्तिको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार