• सोमबार, साउन ११ २०८३

कम्युनिस्टमा गद्दार र तानाशाह पनि जन्मदो रहेछ : शाक्य


बुधबार, पुष २९ २०७७
695
Shares

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले निम्त्याएको प्रतिगमन सडकबाट सच्याउने बताएकी छन् ।

बुधबार प्रचण्ड–नेपाल समूहको बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाक्यले प्रतिगमन सच्याउने सँगै ओलीलाई पनि घुँडा टेकाइने चेतावनी दिइन् । शाक्यले ओलीलाई गद्दार र तानाशाहको संज्ञा दिएकी थिइन् ।

‘गद्दार र तानाशाह पनि जन्मदो रहेछ कम्युनिस्ट पार्टीमा । अब हामीले यसबाट पाठ सिक्नुपर्छ’, शाक्यले भनिन् ।

पार्टीमा तानाशाही प्रवृत्ति भन्दा पनि कामको उचित मूल्यांकन गर्ने प्रवृत्ति विकास गर्नुपर्ने शाक्यले बताइन् । अहिले ओलीले लोभलालच देखाएर कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने काम गरिरहेको बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार