गोरखा । राष्ट्रपतिविरुद्ध अश्लील गालीगलौज गर्नेमाथी कारवाहीको माग गर्दै अखिल नेपाल महिला संघ (अनेम) गोरखाले ज्ञापनपत्र बुझाएका छन् ।
जिल्ला प्रशासन कार्यलय गोरखा मार्फत गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई ज्ञापनपत्र पठाउदैँ संघले राष्ट्रपतिविरुद्ध गैरकानुनी, असंवैधानिक र निच अभिव्यक्तिहरु आएको भन्दै कारवाहीको माग गरेका हुन् ।
आनेमसंघका केन्द्रिय सचिवालय सदस्य सम्झना देवकोटाले प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई उक्त ज्ञापनपत्र बुझाएका हुन् । संघले महिला माथी लैङगिक आधारमा हुने हरेक प्रकारको भेदभाव र अपमानजनक व्यावहार प्रति राज्यले कानुन कार्यान्वनमा कठोर निति अवलम्वन गर्न पनि माग गरेका छन् ।
राष्ट्रपतिलाई लक्षित गरि व्यक्त गरिएको अभिव्यक्तिले समग्र महिलाको अपमान भएको संघको ज्ञापनपत्रमा उल्लेख छ ।
उक्त ज्ञापन पत्रमा भनिएको छ ‘राष्ट्रपतिलाई लक्षित गरी विभिन समयमा सरकारको नेतृत्व गरेका प्रधानमन्त्री तथा मन्त्री पद सम्हालेका व्यक्तिहरुको अगुवाईमा भएको जुलुसमा अपमानजनक र अश्लील नारा लगाएको कुरा विभिन्न सामाजिक सञ्जालमा देखिएको र सुनिएको हुदाँ उक्त नारा लगाउने र लगाउन उक्साउने प्रति घोर निन्दा एवं भत्र्सना गर्दछौँ ।’
सामाजीक सञ्जालमा रहेको भिडियो हेरी खोज तलास गरी मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम अनुसन्धान गरी त्ससमा संलग्नलाई पक्राउ गरी कानून बमोजीम हदै सम्म कारवाही गर्न समेत संघले माग गरेको छ ।
प्रधानमन्त्रीको सिफारिसमा गत पुष ५ गते राष्ट्रपतिले संसद विघटन गरी आगमी वैशाख १७ र २७ गते निर्वाचन घोषण गरेका हुन् । आगामी निर्वाचनलाई स्वच्छ र सभ्य तरिकाले सम्पन्न गर्न पनि संघले सरकारको ध्यान आर्कषण गराएको छ ।