• सोमबार, साउन ११ २०८३

लेखेर राख्नुस् नेकपा र सूर्य चिन्ह हाम्रै हुन्छ, नभए आँधीहुरी चल्छ : प्रचण्ड


मंगलबार, पुष २८ २०७७
850
Shares


काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नाम र सूर्य चुनाव चिन्ह आफूहरुकै हुने दावी गरेका छन्। नेकपा र सूर्य चिन्ह आफ्नै हुने भएन भने आँधीहुरी चल्ने समेत उनको भनाइ छ ।

मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेकपा नाम र सूर्य चुनाव चिन्ह आफूहरुकै हुने भन्दै ढुक्क हुन कार्यकर्तालाई आग्रह् गरेका हुन्।

उनले निर्वाचन आयोगको दल सम्बनधी व्यवस्थाले पनि ५० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्य जसको पक्षमा हुन्छ त्यसैलाई आधिकारिकता दिने व्यवस्था भएको बताए।

अध्यक्ष प्रचण्डले आफूहरु सोमबार निर्वाचन आयोगमा पुगेर छलफल गरेको पनि जानकारी गराएका छन्।

अध्यक्ष प्रचण्डले आफू र माधवकुमार नेपालबीचको एकता केपी ओलीसँग दुस्मनीका लागि नभएको बताए। आफुहरु पञ्चायतदेखि कै साथी रहेको उनको भनाइ छ ।

उनले जनयुद्धलाई शन्तिपूर्ण बाटोमा ल्याउन र गणतन्त्र स्थापनाका लागि नेता नेपालको उल्लेख्य योगदान रहेको बताए। उनले युद्धकालमा पनि आफूहरुबीच छलफल र विचारको आदान प्रदान हुने गरेको बताए।

अध्यक्ष प्रचण्डले अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्नेमा आफू विश्वस्त रहेको बताए। उनले अदालतले पुनःस्थापना नगरे आफूहरु जनताको अदालतमा जाने र जनता जागरुक बनाउने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार