• सोमबार, साउन ११ २०८३

ओलीको तानाशाही प्रवृत्तिलाई परास्त गरेरै छाड्छौँ : नारायणकाजी श्रेष्ठ


मंगलबार, पुष २८ २०७७
760
Shares


काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही प्रवृत्तिलाई परास्त गरेरै छाड्ने दावी गरेका छन्।

मंगलबार पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको तानाशाही र निरंकुश प्रवृत्ति लामो समयसम्म नचल्ने बताएका हुन्।

उनले देशलाई अग्रगमनमा लैजान, समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न तत्काली एमाले र माओवादी केन्द्रबीच एकता भएको बताउँदै त्ससलाई ओलीले पद प्राप्त गर्ने माध्यममात्र बनाएको आरोप लगाए।

प्रवक्ता श्रेष्ठले पार्टीको स्थायी समिति बैठक चलिरहेका बेला प्रधानमन्त्री ओलीले बैठकबाट भागेर असंवैधानिक काम गर्न पुगेको बताए। उनले पार्टीमा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने कुनै छलफल नुहँदै ओलीले पदबाट हटाउँछन् कि भन्ने डरका प्रतिनिधि सभा विघटन गर्न पुगेको बताए।

प्रवक्ता श्रेष्ठले पार्टी विभाजन भएसँगै ओली समूहले देशभर प्रधानमन्त्री आोलीले निर्वाचन आयोग र सर्वोच्च अदालतमा सेटिङ मिलाएको र प्रतिनिधि सभा पुनःस्थापना पनि नहुने, सूर्य चिन्ह र आधिकारि पार्टी आफ्नो हुने हल्ला चलाइरहेको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार