• सोमबार, साउन ११ २०८३

बाँडीचुँडी खान पल्केकाहरु निर्वाचनमा जान डराए : मन्त्री ढकाल


मंगलबार, पुष २८ २०७७
800
Shares

sf7df8f}F, @* r}tM :jf:YodGqL 9sfn :jf:Yo tyf hg;ªVofdGqL efg''eQm 9sfn cfˆgf] sfo{sIfdf /f;;sdL{nfO{ cGt/jftf{ lbFb} . t:jL/ M rGb|snf If]qL÷/f;;


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आगामी वैशाख १७ र २७ गते निर्वाचन भएरै छाड्ने दावी गरेका छन्।

मंगलबार संस्कृति मन्त्रालयअन्तर्गत नेपाल निजामति कर्मचारी संगठनका प्रतिनिधिसँगको छलफलमा मन्त्री ढकालले केही बाँडीचुँडी खान पल्केकाहरु निर्वाचनमा जान डराएर प्रतिनिधि सभा पुनःस्थापना भन्दै हिँडेको आरोप लगाए।

जनतामा नगई पार्टीभित्र बाँडीचुँडी खान पल्केकाहरु चुनावको सामना गर्न डराएको उनको भनाइ छ ।

उनले प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीभित्रका नेताले काम गर्न नदिएपछि प्रतिनिधि सभा भंग गरेर बाध्यात्मक ढंगले निर्वाचनको विकल्पमा जानुपरेको तर्क गरे।

मन्त्री ढकालले तोकिएको समयमै निर्वाचन हुने भन्दै चुनावी अभियानलाई सहयोग गर्न समेत आग्रह गरे।

उनले जनतामा जाने कुरा कसरी प्रतिगामी हुन्छ भनेर प्रश्न समेत गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार