• शनिबार, असोज १० २०८३

ओलीलाई महान् राष्ट्रवादीको ‘पगरी’ गुथाएर देशलाई परनिर्भरतामा फसाउने षड्यन्त्र : बाबुराम भट्टराई


मंगलबार, पुष २८ २०७७
930
Shares


काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई मत्थर गर्न देशी विदेशी शक्ति केन्द्रहरुले महान् राष्ट्रवादी भन्ने खालका ‘पगरी’ गुथाएर देशलाई परनिर्भरतामा फसाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले देशी विदेशी शक्ति केन्द्रबाट २०१७ सालपछि तत्कालीन राजा महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की, साहसी, कसैसँग नझुक्ने भनी प्रायोजित पगरी गुथाउने तयारी भइरहेको भन्दै सचेत रहन आग्रह गरेका हुन्।

ओलीलाई राष्ट्रवादी देखाउँदै देशलाई निरंकुशता, अल्पविकास र परनिर्भरतामा फसाउने षड्यन्त्र भएको उनको दावी छ ।

प्रधानमन्त्री ओलीले भारतीय टेलिभिजलाई दिएको एक अन्तर्वार्ताको चर्चालाई लिएर भट्टराईले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार