• सोमबार, साउन ११ २०८३

राज्यले पृथ्वीनारायण शाहलाई अबमुल्यन ग¥यो : कमल थापा


मंगलबार, पुष २८ २०७७
830
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहलाई राज्यले अबमुल्यन गरेको आरोप लगाएका छन् । २९९ औं पृथ्वीजयन्तीका अबसरमा सोमबार राप्रपा गोरखाले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले इतिहासलाई बिर्सने चेष्टा गर्नु गम्भीर गल्ती भएको बताए ।

‘हामीले हाम्रै इतिहास भुल्दै गएका छौ, पृथ्वीजयन्तीमा हुँदै आएको राष्ट्रिय बिदा पनि कटौती गरिएको छ, यो राम्रो भएको छैन’ उनले भने ‘पृथ्वीनारायण शाह जस्तो शिखर पुरुष जसका कारण अहिले हामी नेपाली भन्न पाएका छा,ैं उहाँलाई आम सर्बसाधरण जस्तो व्यवहार राज्यले गर्नु निकै दुखःद छ ।’

राष्ट्र निर्माता शाहको सम्मान गर्नुको सट्टा उहाँका बारेमा भइरहेको गलत टिप्पणीलाई बल पुग्ने खालको काम राज्यबाट हुनु दुखःद भएको उनको तर्क छ । पृथ्वीजन्तीलाई राष्ट्रिय एकता दिवश कायम गरी सार्वजानिक बिदा दिन र नेपालीका नोटमा उहाँको तस्बिर अंकित गर्न समेत सरकारसँग माग उनले माग गरेका छन ।

‘पृथ्वीनारायण शाहको कुनै पार्टी र संस्थाको सम्पत्ति होइन, उहाँ राष्ट्र र सबैको साझा सम्पत्ती हो’ अध्यक्ष थापाले भने ‘उहाँको जन्मजयन्तीमा सार्वजानिक बिदा घोष्णा हुन जरुरी छ, अरु देशको प्रचलन जस्तै नेपाली नोटमा उहाँको तस्विर अंकित गर्न म सरकारसंग गोरखाबाट जोडदार माग गर्दछु ।’

माल्यार्पण कार्यक्रमपछि पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ज्यादतीबाट मुक्त हुन ताजा जनादेश एक मात्र विकल्प रहेको बताएका छन् । ‘प्रधानमन्त्रीद्धारा भएको संसद बिघटन गलत छ,’ उनले भने ‘तर अहिलेको सरकारको असफलता र नेकपाको आन्तरिक बिवादले मुलुक बन्धक बन्न सक्दैन । त्यसैले नयाँ जनादेशमा जानु राम्रो बिकल्प हो ।’ राप्रपा चुनाबको पक्षमा रहेको उनको भनाई छ ।

राज्य एकिकरणमा पृथ्वी नारायण शाहको योगदानको चर्चा गर्दै उनले आजको दिवशलाई राजनीतिक मुद्धासंग जोड्न नहुने तर्क गरे । पृथ्वीनारायण शाहले एकिकरण गरी एकिकृत गरेको नेपाली भुभाग लिम्पियाधुरा सहितको नक्सा केपी ओली सरकारले सार्वजानिक गर्नु प्रशंसनीय कार्य भएको समेत उनले बताए ।

विगतमा पृथ्वीनारायण शाहको इतिहासलाई भत्काउने काम भएको प्रति दुख ब्यक्त गर्दै उनले अब एकताको मालामा उभिने समय आएको जिकिर गरेका छन् । कार्यक्रम हुनुअघि हरमटारीबाट बाजा गाजासहित राप्रपाको ¥यालीले बजार परिक्रमा समेत गरेको गरेको थियो । त्यस्तै सोमबार नै अध्यक्ष थापा राप्रपा गोरखाले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा समेत सहभागी भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार