काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना आसेपासेलाई चलाउन खप्पिस रहेको टिप्पणी गरेका छन् । कसैले ‘बा’ भनेर सम्बोधन गरिदिए मख्ख पर्ने बानी ओलीमा रहेको पनि उनको भनाइ छ ।
नेपालले विरोधीलाई तह लगाउन ओलीले गुप्तचर र सम्पत्ति शुद्धीकरण विभागलाई आफू मातहत राखेको आरोप समेत लगाए ।
सोमबार राजधानीमा आयोजित बृहत् नागरिक भेलालाई सम्बोधन गर्दै नेपालले ओलीले मदन भण्डारीको नाम बेस्कन बेचेपनि उनको विशेषता भने अनुशरण नगरेको आरोप लगाए।
उनले विगतमा आफूहरुले ओलीमाथि देखाएको उदारता कमजोरी भएको बताउँदै उनी केही गरी पनि नसुध्रिएको बताए ।
आधिकारिक नेपाललाई आफूहरुले नेतृत्व गरेको भन्दै ओलीले सानो गुटको प्रतिनिधित्व मात्रै गरेको नेपालको दावी छ ।