काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको खोप खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायोचित हुने बताएका छन् ।
सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताए ।
आफूले भारत, रुस र यूएईका राजदूतसँग कुराकानी गरेको भन्दै उनले कोरोना खोपका लागि राजनीतिक प्रभावहरुलाई समेत प्रयोग गरिरहेको बताए ।
उनले कोभ्याक्सबाट २० प्रतिशत सुनिश्चितता भएको जानकारी दिँदै खोप खरिद पक्रियामा निजी क्षेत्रलाई पनि सहभागी गरााउने बताए।
उनकाअनुसार खोपका लागि १६ हजार खोप केन्द्र बनाइनेछ भने ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंमसेविका परिचालन गर्ने मन्त्रालयको तयारी छ ।