गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पृथ्वी नारायण शाहको तस्विरलाई नेपाली नोटमा अंकित गर्न माग गरेका छन् ।
२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशका अवसरमा गोरखा सदरमुकाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्र निर्माताको सम्मानका लागि नोटमा तस्विर अंकित गर्न माग गरेका हुन ।
दिवशका अवसरमा राप्रपा गोरखाले आयोजना गरेको गोरखा संग्रहालय परिसरमा रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्र्यापण कार्यक्रममा थापाले दिवशलाई राष्ट्रिय दिवशका रुपमा पुर्नस्थापना गरी सार्वजानिक विदाका लागि समेत सरकारसंग माग गरे ।
‘पृथ्वीनारायण शाहको कुनै पार्टी र संस्थाको सम्पत्ति होइन, उहाँ राष्ट्र र सबैको साझा सम्पत्ती हो’ अध्यक्ष थापाले भने ‘उहाँको जन्मजयन्तीमा सार्वजानिक बिदा घोष्णा हुन जरुरी छ, अरु देशको प्रचलन जस्तै नेपाली नोटमा उहाँको तस्विर अंकित गर्न म सरकारसंग गोरखाबाट जोडदार माग गर्दछु ।’
राज्य एकिकरणमा पृथ्वी नारायण शाहको योगदानको चर्चा गर्दै उनले आजको दिवशलाई राजनीतिक मुद्धासंग जोड्न नहुने तर्क गरे । पृथ्वीनारायण शाहले एकिकरण गरी एकिकृत गरेको नेपाली भुभाग लिम्पियाधुरा सहितको नक्सा केपी ओली सरकारले सार्वजानिक गर्नु प्रशंसनीय कार्य भएको समेत उनले बताए ।
विगतमा पृथ्वीनारायण शाहको इतिहासलाई भत्काउने काम भएको प्रति दुख ब्यक्त गर्दै उनले अब एकताको मालामा उभिने समय आएको जिकिर गरेका छन् ।
कार्यक्रम हुनुअघि हरमटारीबाट बाजा गाजासहित राप्रपाको ¥यालीले बजार परिक्रमा समेत गरेको गरेको थियो ।
