गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखा जिल्ला सदस्य यादव बस्नेतले ओली पक्षको केन्द्रीय सदस्यता अस्विकार गरेका छन् । सदरमुकाममा आइतबार पत्रकार सम्मेलन गरेर बस्नेतले आफ्नो सहमती बिना केन्द्रिय सदस्यमा चयन गरेको भन्दै सो पद अस्विकार गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको आरोप लगाउदै उक्त समूहको केन्द्रिय सदस्य अस्विकार गर्ने स्पस्ट पारेका हुन् । आफु बिगतमा पनि संस्थापन र बहुमतको पक्षमा रहेको भन्दै जिल्ला सदस्य यादवले नेकपाले लिएको जनताको जनबादको सैदान्तिक लक्ष्यबाट दायाँबायाँ नहुने स्पष्ट बताएका छन् ।
पार्टी भित्रको केही मतभेदका कारण संसद बिघटन गरेर ओलीले गम्भीर असंबैधानिक काम गरेको भन्दै यादवले ओलीलाई साथ दिन नसक्ने बताएका छन् । ‘म सधै बहुमतको पक्षमा छु, पार्टी एकता र प्रणालीको पक्षमा छु’ उनले भने ‘जनताको मतलाई अविश्वास गर्दै ओलीले राजनीतिक कु गर्न खोजेका छन्, सो समुहको केन्द्रिय सदस्य पद म अस्विकार गर्छु ।’
प्रधानमन्त्री ओलीले थोरै संख्याको केन्द्रिय कमिटी बैठक बसेर ठूलो संख्यामा सदस्य मनोनित गर्नु पार्टीको बिधि बिधान बिपरित भएको उनको तर्क छ ।