गोरखा । अनेरास्ववियू प्रचण्डमाधव समूहका केन्द्रीय नेता दिपेश पुनले नेपाली जनताको सार्वभौम संसद असंवैधानिक रुपमा भङ्ग गर्ने प्रधानमन्त्री नेपाली जनताको अगाडि घुडा टेक्न बाध्य हुने ठोकुवा गरेका छन् । प्रचण्ड–नेपाल समूहको अनेरास्ववियू र युवा संघले गोरखा सदरमुकाममा गरेको कार्यक्रममा पुनले यस्तो बताएका हुन् ।
पुनले एक्लै हिड्न खोज्ने संसारका तानाशाहहरु र नेपालका राणा शासन र सामन्ति राजतन्त्रले जनताका शक्ति अगाडी घुडा टेकेको उदाहरण दिए । हिटलरमार्गमा अगाडि बढेका नेपाली बयलगाडा भाइरस केही महिनाभित्र अन्त्य हुने पुनको भनाइ छ ।
संयुक्त प्रशिक्षण कार्यक्रममा पुनले ओलीले जनतासामु झुट बोलेर भोट मागेर आश्वासन मात्रै देखाएको बताए । प्रतिगमनका मतियार केपी ओलीले सत्ता टिकाउनलाई चालेको असंवैधानिक कदमविरुद्ध अनेरास्ववियू चुपचाप नबस्ने पुनले बताए ।