• सोमबार, साउन ११ २०८३

बाबुराम भट्टराईका चार यक्ष प्रश्न


आइतबार, पुष २६ २०७७
1.3K
Shares

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चार यक्ष प्रश्‍न अघि सारेका छन् ।  उनले आइतबार बिहान सामाजिक सन्जाल ट्‍वीटरमार्फत चार प्रश्‍न अघि सारेका हुन् । 

उनको प्रश्‍न चाहिँ धेरैजसो प्रधानमन्त्री केपी शर्मा ओलीतिर सोझिएको छ भने केही कूटनीतिक मामलामा ।

उनका चार यक्ष प्रश्‍न हुन् : ‘पहिलो चुनाव/पार्टी हेर्ने  राजनीतिककर्मी कि पुस्ता/देश हेर्ने राजनीतिज्ञ ‘स्टेसम्यान’ बन्‍ने ?’

उनको दोस्रो प्रश्‍न छ, ‘अरुलाई गाली गर्ने राष्ट्रवादी ‘न्यास्‍नालिस्ट’ कि आफ्‍नो देशलाई माया गर्ने देशभक्त ‘प्याट्रिएट’ बन्‍ने ?’ 

डा. भट्टराईको तेस्रो प्रश्‍न चाहिँ प्रधानमन्त्री ओलीबाहेकका शक्तिहरू मिल्नुपर्नेतिर केन्द्रित छ । उनको ट्‍वीटमा उल्लेख छ, ‘ओलीसँग झुक्ने कि संसद्/संविधान निम्ति मिलेर लड्‍‍ने ?’

चौथो चाहिँ मुलुकको कूटनीतिसँग सम्बन्धित छ । उनी लेख्छन्, ‘कुनै शक्ति ध्रुवमा लाग्‍ने कि भारत-चीन-अमेरिकाबीच सन्तुलनमा राख्‍ने ?’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार