• सोमबार, साउन ११ २०८३

यही हो स्थिरता, कसैले चाहेर पनि मलाई हटाउन सकेनन् : ओली


आइतबार, पुष २६ २०७७
875
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहेर पनि आफूलाई हटाउन नसकेको भन्दै यही स्थिरता र स्थायित्व भएको बताएका छन् ।

आइतबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव हुनु अस्थिरता नभएको जिकिर गरे ।

आफूले ५ वर्ष सरकार टिकोस् भन्ने चाहेको तर आफ्नै पार्टीका नेताहरुले देशलाई अस्थिरतामा लैजाने प्रयास गरेको उनको आरोप छ ।

संसद विघटनलाई असंवैधानिक र गैरजिम्मेवारपूर्ण कदम भनेको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश पोखे ।

आफूले कुनै गल्ती गरेको भए जनताले दण्डित गर्ने भन्दै उनले निर्वाचनमा जान आग्रह गरे । उनले संसद विघटनको विपक्षमा उभिएका पूर्वप्रधानन्याधीश र नागरिक समाजका अगुवाहरुको पनि आलोचना गरे ।

उनीहरुले अदालतलाई दबाव दिएको र स्वतन्त्र ढंगले काम गर्न बाधा पुर्याएको उनको आरोप छ । संसद विघटन राजनीतिक निर्णय भएको भन्दै उनले त्यसविरुद्ध परेको रिट खारेज हुनुपर्ने दाबी गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार