• सोमबार, साउन ११ २०८३

नक्सामा मात्र होइन, व्यवहारमा हाम्रो भूमि फिर्ता ल्याउँछौं : प्रधानमन्‍त्री


आइतबार, पुष २६ २०७७
865
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग साँचो अर्थमा मित्रता बढाउन चाहेको उल्लेख गरेका छन् । आइतबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतसँग सकारात्मक रुपमा मित्रता बढाउन खोजेका कारण नै आफू प्रधानमन्त्री भएका बेला भारतसँगको सम्बन्धबारे बढी चर्चा हुने गरेको उल्लेख गरे ।

उनले दुई देशका बिच सार्वभौम सत्ताका आधारमा मनदेखि सम्बन्ध बनाउन खोजेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले नेपालको भूभाग हडपिएको थाहा पाएपनि भन्न नसक्ने, तर सम्बन्ध राम्र्रो छ भन्ने, भित्र चित्त बुझेको छैन बाहिर राम्रो छ भन्ने भन्दापनि आफ्ना समस्या राख्ने र त्यसमा छलफल गर्ने तर्क गरे । उनले भारतसँग मित्रतापूर्ण तरिकाले कुरा गरेको र त्यसबाट सफलता पनि पाएको उल्लेख गरे ।

उनले नेपालको भूभाग लिम्पियाधुरा समावेश गरेर नक्सा प्रकाशन गरेपछि भारतसँग सम्बन्ध बिग्रन्छ भनेर केही मान्छेले भनेपनि भारतको भूमि समावेश गरेर नक्सा प्रकाशन भएको भएपो सम्बन्ध बिग्रने भन्ने टिप्पणी गरे । उनले सुगौली सन्धीपछि १ सय ४६ वर्ष नेपालले भोग गरेको नक्साबाट गायब पारेको भूमि नक्सामा समेटेको बताए । उनले नक्सामा मात्र हैन व्यवहारमा पनि जमिन फिर्ता ल्याएर छोड्ने उल्लेख गरे । सरकारले गरेको यो कामबाट कतिपयलाई छटपटी भएको समेत उनको आरोप छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार