• सोमबार, साउन ११ २०८३

राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजैदेखि अन्त्य हुने


आइतबार, पुष २६ २०७७
765
Shares


काठमाडौं । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजैदेखि अन्त्य गर्ने तयारी गरेको छ । केहीबेर अघि बसेको बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रधामन्त्री ओलीले आइतबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गरेका छन्। सो बैठकपछि अधिवेशनको अन्त्य गर्न लागिएको हो।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभाको विघटन गरेपछि स्थायी संसदको रुपमा लिइने उपल्लो सदन राष्ट्रिय सभामा समसामयिक विषयमा बहस छलफल सुरु भएको थियो।

राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमको पनि चर्को विरोध सुरु भएको थियो।

यसैबीच, मन्त्रिपरिषद्को आज आइतबार बसेको बैठकले अधिवेशन नै अन्त्य गर्ने निर्णय गरेको हो। पुस १७ गते राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार