• सोमबार, साउन ११ २०८३

चारवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा काँग्रेसको बिरोध प्रर्दशन


आइतबार, पुष २६ २०७७
900
Shares

गोरखा । नेपाली काँग्रेस गोरखाले शनिवार जिल्लाका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा बिरोध प्रर्दशन गरेको छ । संसद बिघटन र प्रधानमन्त्री ओलीको बिरोधमा कार्यक्रम गरिएको जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले बताए ।

‘नेपाली काँग्रेस केन्द्रिय कार्यालयको निर्देशनका आधारमा हामीले चारवटै निर्वाचन क्षेत्रमा कार्यक्रम गरी संसद बिघटन र प्रधानमन्त्री ओलीको सर्वसत्ताबादको बिरोध गरेका छौं,’ उनले भने, ‘कम्युनिष्ट सरकारको ज्याजती बिरुद्ध जनतालाई एकजुट गराउने प्रयास जारी छ ।’ क्षेत्र नम्बर १ को ‘क’मा बिरोध ¥याली भएको छ ।

क्षेत्रिय सभापती दिपक भट्टराईको नेतृत्वमा गोरखा सदरमुकामबाट निस्केको बिरोध ¥याली आरुघाट पुगेको थियो । क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ ले आरुघाटमा गरेको कार्यक्रमलाई संबोधन गर्दै काँग्रेस केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठले नेकपाको घर झगडाले मुलुक नै बबार्द भएको बताए ।

‘यो कानूनको उंलघन हो, संबिधानको भावना बिरुद्धको काम हो,’ उनले भने, ‘लोकतन्त्र नै मासेर, संबिधानको मर्म बिपरित सत्तामा टिकिरहने ओली प्रवृत्तीको अन्त्य हुनुपर्छ ।’ प्रदेश ‘ख’ सभापति रोशन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस जिल्ला सचिवहरु नन्द्रप्रसाद न्यौपाने र पूर्ण दाहाल, महासमिति सदस्य राजनराज पन्त र राजेन्द्र बजगाई, महाधिवेशन प्रतिनिधि किरणबाबु श्रेष्ठ, क्षेत्र नम्बर १ का सभापती धिरन थापा लगायतले मन्तव्य राखेका थिए ।

क्षेत्र २ को प्रदेश सभा ‘क’ मा भएको कार्यक्रमलाई संबोधन गर्दै काँग्रेस केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाल कम्युनिष्ट पार्टीले मुलुकलाई दुर्घटनामा धकेलेको बताए । ‘उहाँहरुले देशलाई गम्भिर दुर्घटनामा पु¥याउनु भएको छ,’ उनले भने,‘केपी ओलीमा निरङकुश शासन गर्ने कुचेस्टा बढेर गएको छ । यो गम्भिर कुरा हो ।’

अहिले देशभर काँग्रेस सडकमा ओर्लिइसकेकाले ओलीको निरकुशता धेरै दिन नटिक्ने उनको दाबी छ । गोरखा क्षेत्र नम्बर २ ‘क’ मा क्षेत्रीय सभापति नारायण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पालुङटार नगरपालिकाका नगर सभापति दिपकबाबु कंडेल, काँग्रेस जिल्ला कोषाध्यक्ष कृष्णबहादुर आले, गोरखा नगरपालिकाका नगर सभापति चन्दनबाबु खत्री, ट्रेड युनियनका इश्वर परियार, महिला संघकी पूर्व केन्द्रिय सदस्य रबिकला खनाल, किरण गिरी, प्रकाश अधिकारी, अनिल थपलिया लगायतले मन्तब्य राखेका थिए ।

क्षेत्र नम्बर २ कै प्रदेश सभा ‘ख’ अन्र्तगत जौवारीमा पनि कार्यक्रम भएको छ । कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रिय सदस्य कमला पन्तले केपी ओली तानाशाही बनेको आरोप लगाईन् । ‘उहाँलाई सत्ताको मात लागेको छ । संसद विघटन गरेर केपी ओली तानाशाही बन्न खोज्नु भएको छ,’ उनले भनिन्, ‘संसद बिघटन संबिधान बिपरित त छ नै । देश र जनताको भावना विपरित पनि छ ।’

अर्का केन्द्रिय सदस्य जिवन परियारले कम्यिुनिष्टहरुले सत्ताको लागि दलित समूदायलाई भ¥याङ मात्र बनाएको बताए । कार्यक्रममा जिल्ला सभापति हरिबहादुर घले, मुस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दुल सतार, गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडी, मनकुमारी गुरुङ, केन्द्रिय बिभागका सदस्यहरु सिपी पोखरेल, क्षेत्रीय सभापति गोबिन्द गुरुङ, नबिन श्रेष्ठ, गाउँपालिका अध्यक्ष राजु गुरुङ, अजिरकोट गाउँपालिका अध्यक्ष फडिन्द्र धिताल, महासमिति सदस्य मोहन पोखरेल, सिरानचोक गाउँपालिका उपाध्यक्ष रिता देवकोटा, वडा सभापति बिष्णु पोखरेल लगायतले मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार