dlGqkl/ifbsf] a}7ssf lg0f{o hfgsf/L u/fpFb} a:g]t
k|b]z g+ $ df laxLaf/ a;]sf] k|b]z ;/sf/sf] dlGqkl/ifbsf] a}7ssf lg0f{oaf/] hfgsf/L u/fpFb} dlGqkl/ifbsf k|jQmf /fdz/0f a:g]t . t:jL/M xl/ af:tf]nf, kf]v/f, /f;;
गोरखा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता रामशरण बस्नेतले निर्वाचन नै अहिलेको उत्तम बिकल्प रहेको बताएका छन् ।
जिल्ला सदरमुकाम गोरखामा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्वयूका अगुवा कार्यकता भेलालाई संबोधन गर्दै ओली निकट नेकपाका केन्द्रिय सदस्य समेत रहेका उनले अहिलेको समयमा जनताको समक्ष जाने कुरानै सबै भन्दा बैधानिक रहेको जिकिर गरे ।
‘लोकतन्त्रमा निर्वाचनमा जाने जति बैधानिक र जनपक्षिय निर्णय अरु के हुन सक्छ ?’ उनले भने, ‘प्रधानमन्त्री ज्यूले जे गर्नु भएको छ ठिक गर्नु भएको छ । यसले लोकतन्त्र र संबिधान दुबैलाई बचाउने काम गरेको छ ।’ गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकसा मन्त्री समेत रहेका उनले बर्तमान सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकाले चुनाबमा लाग्न युवाहरुलाई निर्देशन दिएका छन् ।
केपी ओली नेतृत्वको नेकपानै संस्थापन भएकाले पार्टीको चुनाब चिन्ह र आधिकारीकता पनि पाउने उनको दाबी छ । सो अबसरमा बोल्दै अर्का केन्द्रिय सदस्य राजिब पाहारीले संसद बिघटन बाध्यता रहेको बताए । ‘मुलुकको कार्यकारी प्रधानमन्त्रीलाई काम गर्न नदिने, बिकास निर्माणमा अड्काउने, कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्ने, राजनितिक नियुक्तिमा भाँजो हाल्ने लगायतका काम प्रचण्डले गर्नुभयो,’ उनले भने,‘जनताको अभिमतको दुरुपयोग हुन नदिन नै उहाँले बाध्य भएर संसद विघटन गर्नु परेको हो ।
प्रधानमन्त्री ओलीको कदमले लोकतन्त्र झनै सुदृढ हुने उनको दाबी छ । राष्ट्रिय युवा संघ नेपालका जिल्ला सहसंयोजक भीम सुनारका अध्यक्षता तथा केन्द्रिय सदस्य बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि नेकपाका केन्द्रिय सदस्य पाहारी, प्रविन श्रेष्ठ, केन्द्रिय सदस्य एवं गोरखा जिल्ला इन्र्चाज खिलबहादुर राना, अनेरास्ववियूका केन्द्रिय सचिव आरसी लामिछाने, बाबुराम थापा, सुरेन्द्र थापा, संझना देवकोटा लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम सुरु हुनु पूर्व युवा संघ र अनेरास्ववियूका नेता कार्यकताले केपि ओलीको समर्थनमा जुलुस समेत प्रर्दशन गरेका थिए । पार्टी कार्यालय चाइनिज धाराबाट सुरु भएको जुलुस बजार परिक्रमा पश्चात पुन पार्टी कार्यालयमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।