• सोमबार, साउन ११ २०८३

गोरखामा संसद विघटनको समर्थनमा प्रर्दशन


आइतबार, पुष २६ २०७७
935
Shares

गोरखा । गोरखामा नेकपा ओली पक्षका युवा बिधार्थीहरुले संसद विघटनको समर्थनमा प्रर्दशन गरेको छ । नेकपा नगरपार्टी कार्यालय चाइनिज धाराबाट युवा तथा बिधार्थीहरुले प्रर्दशन सुरु गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गत पुष ५ गते संसद विघटन गर्नु भएपछि देशभर बिरोध प्रर्दशन भइरहेका बेला गोरखामा ओली पक्षका नेता कार्यकर्ताहरुले प्रर्दशन गरेका हुन् ।

प्रर्दशनमा सहभागी ओली समर्थक बिधार्थी नेता कार्यकर्ताहरुले संसद बिघटनको पक्षमा चर्को नाराबाजी गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार