• सोमबार, साउन ११ २०८३

गणतन्त्रका लागि ५० वर्षअघि रोडमा उफ्रने मै हुँ : प्रधानमन्त्री


शुक्रबार, पुष २४ २०७७
800
Shares


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु आजभन्दा ५० वर्ष अघि नै गणतन्त्रका लागि रोडमा उफ्रेको बताएका छन् ।

शुक्रबार कैलालीको धनगढीमा आफु पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफु ५० बर्षअघि नै गणतन्त्रका लागि लडेको बताएका हुन् ।

गणतन्त्रकौ लागि रोडमा उफ्रेएकोले १४ वर्ष जेल बसेको उनको भनाइ छ । उनले प्रचण्ड–माधव पक्षलाई भगौडाको संज्ञा दिँदै आगामी निर्वाचनमा १० सिट जितेर देखाउन चुनौती दिए ।

उनले काम लाग्छ की भनेर प्रचण्डलाई पार्टीमा लयाएको र सुधार्न धेरै साबुन र पानी खर्च गर्दा पनि नसुध्रिएको बताए । उनले चुनाव रोक्न कसैले नसक्ने भन्दै चुनावमा लाग्न र आफुले हस्ताक्षर गरेर पठाएको उम्मेद्वारलाई जिताउन कार्यकर्तालाई सुझाव दिए ।

आफुले हस्ताक्षर गरेर पठाएको उम्मेद्वारलाई भोट हाल्न आग्रह गर्दै त्यसपछि देशको विकास गर्ने जिम्मेवारी आफ्नो हुने दावी गरे । उनले प्रचण्ड—माधव अहिले सडकमा गाली गलोजमा उत्रिएको आरोप समेत लगाए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार