काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिनिधि विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका कदम तत्कालको एउटा प्रतिगामी कदम मात्र नभई समग्र प्रतिगमनको आधार तयार गर्ने त होइन भन्ने आशंका उब्जेको बताएका छन्।
‘यो तत्कालको एउटा प्रतिगामी कदम मात्र होइन, यसले समग्र प्रतिगमनको आधार तयार गर्ने त होइन भन्ने ठूलो आशंका पैदा गरेको छ’, उनले भने।
श्रेष्ठले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी भएको टिप्पणी समेत गरेका छन् ।
शुक्रबार राष्ट्रियसभामा विशेष समयमा बोल्दै श्रेष्ठले प्रधानमन्त्रीको कदलमले नेपाली जनताले लडेर ल्याएका अधिकार खोसेको बताए।
उनले राजनीतिक उपलब्धिमाथि कालो बादल मडारिन थालेको भन्दै नेपाली जनताले यसको रक्षा गरेरै छाड्ने दावी गरे।