• शनिबार, असोज १० २०८३

प्रधानमन्त्रीलाई आज देशभरबाट विरोधपत्र पठाइँदै


शुक्रबार, पुष २४ २०७७
705
Shares

काठमाडौं । संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनमा उत्रिएको नेकपाको प्रचण्ड—नेपाल पक्षले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशभरबाट विरोधपत्र बुझाउँदै छ।

दोस्रो चरणको आन्दोलनअन्तर्गत आज ७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउन लागिएको नेकपा केन्द्रीय संघर्ष समितिले जनाएको छ।

विरोधपत्रका साथमा प्रधानमन्त्रीलाई संविधानको पुस्तकसमेत दिने र राष्ट्रका नाममा क्षमायाचनासहित गलत कदम सच्चाउन अनुरोध गरिनेछ ।

यस्तै प्रचण्ड—नेपाल पक्षको अनेरास्ववियुले पनि आजै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्यक्रम गर्दै छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार