काठमाडौं । नेकपा उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आफू प्रधानमन्त्री भएको भए अविश्वास प्रस्ताव आउने थाहा पाएको अवस्थामा त्यो दर्ता हुनुअघि नै आफूले पद बाटराजीनामा दिन्थे भनेका छन्।
बिहीबार राष्ट्रिय सभामा संबोधन गर्दै उनले गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुअघि आफूलाई जानकारी नदिएको उल्लेख गरेका हुन् ।
प्रतिनिधिसभा विघटनबारे अहिले सर्वोच्चमा अदालतमा दर्जनौँ रिट रहेको र यो संवैधानिक विषय भएकोले संवैधानिक इजलासमा लगेको बताए । अब यो विषय अदालतले स्वीकार गरेकोले अब यो कदमलाई असंवैधानिक भन्नु अदालतको राजनीतिक रुपमा अपमान हुने उनको भनाइ छ ।
उनले नेपालको कम्युनिष्ट पार्टीले संवैधानिक सर्वोच्चतालाई पालना गर्ने नीति रहेको बताउँदै संविधानको विषय आफू अनुकूल भएन भन्दैमा त्यसलाई बदानाम हुने किसिमले काम गर्न नहुने उनले बताए ।
उनले प्रधानमन्त्री ओली २०४३ सालदेखिको सहकर्मी भएको र सुधारका लागि आफूले धेरैपटक आग्रह गरेपनि नमानेको बताए ।
त्यसैगरी प्रचण्ड–नेपाल नेतृत्वको समूहले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा आफूलाई थाह नदिएको भन्दै दुवै पक्षसँग उनले असन्तुष्टि व्यक्त गरे। नेता गौतमले आफू विभाजित पार्टीको कुनै पक्षमा नरहेको जिकिर गरे ।