• सोमबार, साउन ११ २०८३

यो संसद विघटन होइन ओलीको राजनीतिक जीवनको विघटन हो हरिराज अधिकारी


बिहिबार, पुष २३ २०७७
795
Shares


गोरखा । नेकपाका केन्द्रिय सदस्य हरिराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन नभई आफ्नौ राजनीतिक जीवनको विघटन गरेको बताएका छन् ।

नेकपा प्रचण्ड माधव पक्षले पार्टी कार्यालयमा बुधबार आयोजना गरेको आफ्ना पक्षका जनप्रतिनिधीहरु संगको छलफल तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता अधिकारीले ओलीले गरेको प्रतिनिधिसभाको बिघटन नभई आफ्नौ राजनीतिक जीवनको विघटन भएको बताए ।

ओलीले सिंगो देशै मेरो मात्र हो जस्तो गरेको उनको भनाइ छ । ओलीमा अब लोभ, अंहकार र व्यक्तिगत स्वार्थ बाहेक केही नरहेको उनले टिप्पणी गरे ।

नेता अधिकारीले ओली पक्षले प्रचण्ड—नेपाल पक्षलाई पदको झगडाको आरोप लगाउनु वैयात भएको भन्दै ओलीको पक्षमा सहि भन्नेहरु गणतन्त्र नरुचाउनेहरु मात्र रहेको बताए ।

नेता अधिकारीले संबिधान माथि कु गरेर हेर्न चाहानेहरु ओलीकै पक्षमा लाग्न आग्रह समेत गरे । साथै नेपाली जनता आफ्नै पक्षमा रहेको दाबी पनि गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार