काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबारे तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ मौन बसेको भन्दै आलोचना भइरहेको छ । अहिले उनको दुई वर्ष पुरानो अभिव्यक्ति सामाजिक सञजालमा भाइरल समेत बनेको छ ।
धुलिखेलमा त्यस बेला नेम्वाङले पत्रकारहरुसँग प्रधानमन्त्रीले चाहँदैमा यो संसद् विघटन नहुने अभिव्यक्ति दिएका थिए । अहिले पनि संसद् विघटनबारे बोल्न नेम्वाङलाई दबाव बढेको छ । यसको कारण भने उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँगै जोडिएका नेता हुनु हो ।
नेम्वाङले संसद् विघटनबारे नबोल्नुको पनि संवैधानिक कारण रहेको बताए । ‘मैले दुई वर्ष अगाडि पत्रकारहरुलाई भनेको जुन विषय छ, त्यसबारे अहिले नबोल्नुमा मेरो सैद्धान्तिक मान्यता कारण हो’, उनले भने ।