• सोमबार, साउन ११ २०८३

चितवनमा प्रधानमन्त्री ओलीको पुत्ला दहन


बिहिबार, पुष २३ २०७७
790
Shares

चितवन । नेकपा प्रचण्ड–माधव पक्षका विद्यार्थीहरुले आज चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

वीरेन्द्र क्याम्पस, सप्तगण्डकी क्याम्पस लगायतका विद्यार्थीहरुले आज बिहान प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।

संसद विघटनको विरोधमा हाल प्रचण्ड–माधव समूहका विद्यार्थीहरु दोस्रो चरणको आन्दोलनमा छन् । सोही आन्दोलनको क्रममा आज देशभर प्रधानमन्त्री ओलीको पुत्ला जलाउने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको र यो असंवैधानिक कदम भएको भन्दै नेकपाको ओली इतरसमूहका साथै अन्य राजनीतिक दलहरु पनि विरोधमा उत्रिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार