• आइतबार, साउन ३१ २०८३

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


बिहिबार, पुष २३ २०७७
665
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ।

प्रतिनिधिसभा विघटन भएपछि पहिलोपटक गएको शुक्रबार (१७ पुस)देखि राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु भएको हो। शुक्रबार बसेर स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ ।

यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने छन् ।

नियमित कार्यसूचीका साथै सांसदहरुले संसद विघटनपछि देशको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारीसमेत गरेका छन् ।

स्थायी सदन भएकाले राष्ट्रियसभा भने विघटन गर्न मिल्दैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार