गोरखा। गण्डकी प्रदेशका नेकपा अध्यक्ष हितराज पाण्डेले प्रधानमन्त्रीले केपी शर्मा ओलीले चालेको कदमले संविधानको पाना च्यातिएको बताएका छन् ।
नेकपा प्रचण्ड—माधव पक्षले पार्टी कार्यालयमा बुधबार आयोजना गरेको आफ्ना पक्षका जनप्रतिनिधीहरु संगको छलफल तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका स्थायी कमिटिका सदस्य समेत रहेका पाण्डेले प्रधानमन्त्रीको कदमले संबिधान माथि ‘कू’ भएको टिपप्णी गरे ।
ओलीले असंवैधानिक तरीकाले संसद विघटन गरेर संविधानको पाना च्यातिएको उनको भनाइ छ । त्यसैले सवै क्रान्तिकारीहरु एक भएर संविधानको रक्षा, लोकतन्त्रको रक्षा, राजनीतिक परिवर्तनको रक्षाका लागि एकताबद्ध भएर अघि बढ्नु पर्ने जानकारी दिए ।
अध्यक्ष पाण्डेले प्रधानमन्त्रीको कदम अलोकतान्त्रिक, स्वेच्छ्याचारी र प्रतिगामी भएको भन्दै त्यसको बिरुद्धमा एकजुट हुन सवैलाई आग्रह समेत गरेका छन् ।