• सोमबार, साउन ११ २०८३

संसद् विघटन देशै सिध्याउने कदम हो : माधव नेपाल


बुधबार, पुष २२ २०७७
760
Shares


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले संसद विघटनको निर्णय व्यवस्था विरुद्धको कदम भएको बताएका छन् ।

बुधबार नेकपाले काठमाडौँमा आयोजना गरेको अन्तरपार्टी अन्तरक्रियामा नेपालले संसद विघटनले नेकपा मात्रै नभएर देशै सिध्याइदिने कदम भएको बताए ।

उनले पार्टीभित्र घेराबन्दी भएका कारण संसद विघटन गरेको भन्ने तर्क उपयुक्त नभएको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीमा सत्ताको उन्माद रहेको उनले बताए । गैरसंवैधानिक कदम सिंगो व्यवस्था विरुद्ध, संघीयता विरुद्ध, गणतन्त्र र समावेशी समानुपातिक व्यवस्था विरुद्ध रहेको नेपालको भनाइ छ ।

तर, ओलीको यस्तो चाहना पूरा हुन नदिने उनले बताए । ‘सुनिन्छ, संकटकाल लगाउने । संकट निम्त्याउँदै जाने । तर, त्यस्तो षडयन्त्रको सम्भावना कसैले नदेखे हुन्छ,’ अध्यक्ष नेपालले चुनौती दिए । अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको उनले बताए ।

संविधान संशोधन गर्ने ठाउँ भए पनि संघीयता, गणतन्त्र, समावेशिता, समानुपातिक व्यवस्था चलाइन नदिइने नेपालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार