• सोमबार, साउन ११ २०८३

केपी ओली इमान्दार तानाशाह : डा. भट्टराई


बुधबार, पुष २२ २०७७
770
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार तानाशाह भएको बताएका छन्।

नेकपा प्रचण्ड(नेपाल पक्षले आज काठमाडौंमा गरेको अन्तर्क्रियामा बोल्दै भट्टराईले प्रधानमन्त्री ओली गणतन्त्रदेखि संघीयतासम्मको विरोधी भएको आरोप लगाए।

उनले झापा विद्रोहपछि जेलबाट निस्केका ओली त्यसपछिका दिनमा सधैं परिवर्तन विरोधी रहेको भएको बताए। अध्यक्ष भट्टराईले परिवर्तन विरोधी ओलीलाई नेकपाले कसरी यहाँसम्म ल्यायो भनेर प्रश्न समेत गरेका छन्।

‘केपी ओली सवै परिवर्तनका विरोधी हो। नेकपाका साथीहरूले अहिलेसम्म कसरी बोकेर यहाँसम्म ल्याउनुभयोरु,’ उनले प्रश्न गरे, ‘यो कुरा उहाँले लुकाउनुभएको छैन, त्यसकारण उहाँ इमान्दार तानाशाह हो।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार