• शनिबार, असोज १० २०८३

सुवास नेम्वाङको निरिहता देखेर दया लाग्यो : नेता थापा


बुधबार, पुष २२ २०७७
685
Shares


काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेकपाका नेता सुवास नेम्वाङको निरिहता देखेर आफूलाई दया लागेको बताएका छन्।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध एक शव्द पनि नबोलेको भन्दै उनले नेम्वाङको आलोचना गरेका हुन्।

सामाजिक सञ्जालमार्फत थापाले प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नबारे सर्वोच्च अदालतमा बहस सुरु हुँदै गर्दा आफ्नै अध्यक्षतामा जारी भएको संविधान संकटमा पर्दा संविधानसभाका अध्यक्ष नेम्वाङ भागेर हिँडेको आरोप समेतलगाएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेका रिटमाथि आजबाट निरन्तर वहस सुरु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार