• आइतबार, साउन १० २०८३

बहुमत प्राप्त गर्न नसक्ने दलका लागि चुनाव नयाँ अवसर : मुख्यमन्त्री गुरुङ


मंगलबार, पुष २१ २०७७
740
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रिया अन्तर्गत संसद विघटन गरेको बताएका छन् ।

मंगलबार प्रदेशसभाको विशेष अधिवेशनमा बोल्दै उनले लोकतन्त्रमा संकट आयो भने जनतामा जाने पद्धति रहेको बताउँदै पार्टीभित्रै पदको सौदावाजी गर्न नहुने उल्लेख गरे । सांसद खरिद बिक्री गरेर फेरि अर्को सरकार बनाउने फोहोरी खेल खेल्नुभन्दा जनतामा जानु राम्रो रहेको उनको भनाई छ ।

प्रदेशसभामा बोल्ने प्रतिपक्षी सांसदहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको बताएपछि उनले विगतदेखि नै पार्टीभित्रका नेताहरुको तँ तँ र म म का कारण बहुमत पाएका प्रधानमन्त्रीहरुले काम गर्न नपाएको उल्लेख गरे । २०४८ साल, २०५१ सालतिर सरकारमा घटेका घटनाजस्तै अहिले नेकपामा पनि घटना घटेको उनको भनाई थियो ।

ख्यमन्त्री गुरुङले प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गरेर निर्वाचन घोषणा गर्नु लोकतन्त्रको अभ्यास गरेको बताउँदै फेरि चुनावमा गएर आफूले गरेका कमजोरी स्वीकार्दै आफूले गरेका काम बताएर फेरि मत माग्नुपर्ने उल्लेख गरे । प्रधानमन्त्रीले चुनावको ढोका आफ्नो लागि मात्र हैन सबैका लागि खोलेका हुन्, उनले भने ‘बहुमत प्राप्त गर्न नसक्ने दलका लागि बहुमत प्राप्त गर्ने अवसर प्राप्त भएको छ । एउटा पनि सिट नपाएका दलका लागि एउटा सिट प्राप्त गर्ने अवसर प्रास्त भएको छ ।’

पार्टीभित्र प्रधानमन्त्रीका लागि जहिले पनि सरकारलाई अप्ठेरो पार्नेहरुले ठीक गरे कि प्रधानमन्त्रीले ठीक गरे त्यसको फैसला जनतालाई गर्ने अवसर दिइएको उनले बताए । प्रतिपक्षी दल काँग्रेस र जनता समाजवादी पार्टीको मागका आधारमा मंगलबारदेखि गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार