काठमाडौं । गृहमन्त्री एवंम नेकपा ओली समूहका नेता रामबहादुर थापा ‘बादल’ले नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री पद चाहिएको भए चुनावमा जान तयार हुनुपर्ने सुझाव दिएका छन्।
सोमबार आफ्नो समूहको गृहजिल्ला चितवनमा आयोजना कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्रीसमेत रहेको नेता थापाले विघटन भइसकेको प्रतिनिधिसभा ब्युँत्याउने प्रयासले प्रधानमन्त्री बन्ने इच्छा पूरा नहुने भन्दै कटाक्ष गरेका हुन्।
जनयुद्धका बेला प्रचण्डका सहयोद्धा थापाले पार्टीको अध्यक्ष बन्न मन लागेको हो भने प्रचण्डलाई महाधिवेशनमा जाने आँट गर्न चुनौती पनि दिए।
त्यस क्रममा नेता थापाले प्रचण्ड—नेपाल समूहले जालझेल÷षडयन्त्र गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने प्रयास गरिरहेको आरोपसमेत लगाए।