• आइतबार, साउन १० २०८३

आजदेखि गण्डकी प्रदेशको विशेष अधिवेशन सुरु


मंगलबार, पुष २१ २०७७
765
Shares

काठमाडौं । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदै छ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि प्रदेशसभाको विषेश अधिवेशन बोलाइएको हो। विशेष अधिवेशनको बैठक दिउँसो १ बजे पोखरा सभागृहमा बस्ने छ ।

अधिवेशनमा कोरोना भाइरसको महामारी नियन्त्रणका विषयमा छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ। संवैधानिक व्यवस्थाअनुसार कांग्रेस र जनता समाजवादी पार्टीले विशेष अधिवेशन माग गर्दै ३० मंसिरमा निवेदन दिएका थिए।

प्रदेश १ र बागमती प्रदेशमा जस्तो गण्डकी प्रदेशमा सरकार फेरबदलको खेल सुरु भएको छैन। नेकपाको केपी ओली पक्ष बहुमतमा रहेकाले अहिलेसम्म मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पद सुरक्षित छ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा नेकपाका सभामुखबाहेक ३९ सदस्य छन् । जसमध्ये ओली पक्षमा २७ जना छन् भने प्रचण्ड–नेपाल पक्षमा १२ जना मात्रै छन्। त्यस्तै, कांग्रेसका १५, जनमोर्चाका तीन र जसपाका दुई सदस्य छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार