• आइतबार, साउन १० २०८३

नेपालको अध्यक्षतामा नेकपा स्थायी कमिटी बैठक पेरिसडाँडामा


सोमबार, पुष २० २०७७
715
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहको स्थायी कमिटीको बैठक सुरु भएकोे छ ।

पार्टी कार्यालय पेरिसडाँडामा १२ बजेबाट बैठक सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार पत्नी सीता दाहालको उपचार गर्न अध्यक्ष प्रचण्ड भारत गएकाले बैठकको अध्यक्षता अध्यक्ष नेपालले गरेका छन् ।

आजको बैठकमा पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले लिएका निर्णयमाथि थप विमर्श हुने उनको भनाइ छ ।

नेपालको संयोजकत्वमा पार्टी एकताका बाँकी काम पूरा गर्न र नेताहरूलाई कार्यविभाजन गर्नका लागि एउटा कार्यदल गठन गरेको छ ।

कार्यदलले बढीमा पाँच दिनभित्र प्रस्ताव तयार पार्ने भनिएकाले कार्यदलमा रहने सदस्यलगायत विषयमा छलफल हुने बुझिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार