• शनिबार, असोज १० २०८३

पत्नी सीतालाई उपचार गराउन भारत जाँदै प्रचण्ड


सोमबार, पुष २० २०७७
785
Shares


काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचार गर्न आज जाँदै छन्।

पत्नी सीता दाहाललाई लिएर उनी आज बिहान मुम्बइ जाने भएका हुन्। उनलाई बिहान ११ बजेको उडानबाट मुम्बई लैजान लागिएको हो ।

सीताको साथमा अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि साथमा रहने प्रचण्डको सचिवालयले जनाएको छ ।

सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् ।

पछिल्लो समयमा भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई सोमबार मुम्बई लगेर न्युरो सम्बन्धी चिकित्सकबाट स्टिम थेरापी गराइने पारिवारिक स्रोतले बताए ।

सीता यसअघि पनि उपचारका लागि अमेरिका, सिंगापुर र भारत गएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार